इष्ट बंगानको प्रशिक्षकमा स्टेफन कन्स्टेन्टाइन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

इष्ट बंगानको प्रशिक्षकमा स्टेफन कन्स्टेन्टाइन

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइन इन्डियन सुपर लिग (आईएसएल) क्लब इष्ट बंगानको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहेका स्टेफनले सिजन सन् २०२२–२३ का लागि इष्ट बंगानसँग जोडिने निर्णय लिएका हुन् ।५९ वर्षीय बेलायती नागरिक स्टेफनले इष्ट बंगानलसँग जोडिँदा खुसी र काम गर्न उत्साहित भएको बताए । ‘इमामी इष्ट बंगानको मुख्य प्रशिक्षक हुँदा निकै उत्साहित र खुसी  छु । त्यहाँ काम गर्न प्रतिक्षामा छु’, स्टेफनले भनेका छन् । स्टेफन भारतीय राष्ट्रिय फुटबल र क्लब फुटबल हेर्ने १०औं व्यक्ति भएका छन्। यस्तै, उनी दुबै टिम हेर्ने दोस्रो विदेशी भए । स्टेफनले जनवरी २०१५ देखि जनवरी २०१९ सम्म अन्तिम पटक भारतीय टिम हेरेका थिए । जुन समयमा भारतले थ्री नेसन्स सिरिज र इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको थियो।

त्यसअघि स्टेफनले भारतीय राष्ट्रिय टिम मे २००२ देखि अप्रिल २००५ सम्म हेरेका थिए । जहाँ भारतले एलजी कप र साफ च्याम्पियनसिप जितेको थियो । भारतीय टिम अघि स्टेफनले सन् १९९९ देखि २००१ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);