पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

काठमाडौ। प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ । बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको ५०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिन २६१ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले ८१ बनाए । यस्तै, ओपनर इमाम अल हकले ४९ रन जोड्दा मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे ।यता, श्रीलंकाका जयसुर्याले ३२ ओभरमा पाँच मेडनसहित ११० रन खर्चदै पाँच विकेट लिए । त्यस्तै, रमेश मेन्डिसले ३० ओभरमा ७ मेडन सहित १०१ रन खर्चिए । यसअघि पहिलो इनिङमा श्रीलंकाले दिनेश चन्डिमलको ८० रन मद्दतमा ३७८ रनको योगफल तयार पार्याे । जवाफि ब्याटिङमा आएको पाकिस्तानले अघा सलमानको ६२ रन सहयोगमा २३१ रनमै सिमित भयो ।

दोस्रो इनिङमा थप ३६० रन जोड्दा श्रीलंकाले ५०८ रन बनाएको थियो । टेष्टको प्लेयर अफ द म्याच श्रीलंकाका धनञ्जय डि सिल्भा घोषित भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);