जापान जाने सोतोकान कराते टोलीको बिदाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जापान जाने सोतोकान कराते टोलीको बिदाइ

काठमाडौं। पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्  राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जापान प्रस्थान गर्ने टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छ। टोली प्रमुखमा नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);