राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरिसकेको छ ।

कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् । यस्तै, डंगोल ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक हुन् । एन्फाको २६  साउनको बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा भएका बेला बैठकले हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि अब्दुल्लाहसँग किरण श्रेष्ठले सहायक प्रशिक्षक तथा विकास मल्लले गोलकिपर प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा छन् । त्यसयता उनले २६ खेलाडीलाई बंगलादेशबिरुद्द प्रशिक्षणका लागि बोलाउन एन्फा सचिवालयलाई अनुरोध गरेका थिए ।

तर, एन्फाले विवादमा तानिएका प्रशिक्षक अब्दुल्लाहको विकल्प खोजेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);