राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०७९, शुक्रबार

राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सहभागी एक सदस्यले  बताएका छन् ।कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् । हाल उनी कुवेतमै छन् । नेपालले अर्को महिना बंगलादेशसंग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । सोही खेलका लागि हुमागाईंलाई प्रशिक्षक नियुक्त गरिएको हो ।

हुमागाईं अन्तिम पटक नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका थिए  । त्यस अघि उनीसँग शीर्ष डिभिजन क्लब थ्री स्टारमा काम गरेको अनुभव छ । हाल उनी अमेरिकामा रहेका छन् ।

Leave a Reply