राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट

काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा ब्रान्ट मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन ।

नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएको जानकारी दिए । ६ महिनाका लागि नेपाल आउने ब्रान्टले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् । उनले आफूले यसअघि नेपाल भ्रमणा गरिसकेको भन्दै प्रशिक्षक बनेर आउन उत्साहित रहेको बताए ।

जान ब्रान्ट बेल्जियमका पूर्व भलिबल खेलाडी समेत हुन् । ब्रान्टले बेल्जियम र हंगेरीको महिला भलिबल टिममा समेत काम गरिसकेका छन् । यस्तै उनले बेल्जियम र टर्कीका विभिन्न टिमको समेत प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । ६४ वर्षीय जानसँग साढे दुई दशक भन्दा बढी प्रशिक्षणको अनुभव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);