नामिबियाविरुद्ध कुशलको शानदार सतक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नामिबियाविरुद्ध कुशलको शानदार सतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध ओपनर कुशल भुर्तेलले सतह पुरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ ।

भुर्तेलले ९९ बलमा सतक पुरा गरेका हुन् । कप्तान रोहित पौडेलले ७२ रनको योगदान दिए । उनले ७६ बलमा ७२ रन बनाएका हुन् ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाएर आउट भए। त्यसअघि ओपनर आशिफ शेख शुन्यमा आउट भएका थिए।

यो समाचार तयार पार्दासम्म नेपालले ४०.५ ओभरमा ५ विकेटको नोक्सानीमा २२८ रन बनाएको छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);