अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो

काठमाडौं। बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग अनुबन्ध हुने भएका छन् । मार्टिनेजले सन् २०१५ देखि २०२१ सम्म ओल्ड ट्राफोर्डबाट खेलेका थिए ।  रोमेरोले  ‘फ्रि ट्रान्सफर’मा जुनियर्ससँग दुई वर्षको सम्झौता गरेका हुन् ।

अर्जेन्टिनाको रेसिङ क्लब व्यावसायिक करियरको सुरुवात गरेका उनी २००७ मा युरोपियन क्लब अनुबन्धित भएका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले पछिल्लो पटक २०१८ मा राष्ट्रिय टिमबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ९६ क्याप जितेका छन् । पछिल्लो सिजन इटालियन क्लब भेनेजियाबाट खेलेका उनले क्लबबाट १६ खेलमा मौका पाएका थिए । भेनेजिया सिरी बी मा रेलिगेट भएको थियो ।

Leave a Reply