ओलम्पिक छनोट : आज नेपाल र म्यानमार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ओलम्पिक छनोट : आज नेपाल र म्यानमार भिड्दै

olympic-chanot

काठमाडौं, २५ कात्तिक । ओलम्पिक खेल अन्तर्गत एसिया छनौट फुटबलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेदेखि सुरु हुनेछ ।

समूह सी मा रहेको यस खेलमा घरेलु टोली म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै स्पष्ट ३ अंक जोडिसकेको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ ।

नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र र टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);