स्टर्लिङले गरे नयाँ सम्झौता, २०२३ सम्म क्लबमै रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्टर्लिङले गरे नयाँ सम्झौता, २०२३ सम्म क्लबमै रहने

raheem sterling

एजेन्सी , २४ कात्तिक ।  रहीम स्टर्लिङले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । नयाँ सम्झौतापछि स्टर्लिङ प्रिमियर लिगमा सबै भन्दा राम्रो पारिश्रमिक पाउने बेलायती खेलाडी मध्ये एकमा परेका छन् । उनी अब सन् २०२३ सम्म क्लबमै रहने भएका छन् ।

स्ट्रर्लिङ्गले हप्ताको तीन लाख पाउण्ड स्टर्लिङ पारिश्रमिक लिने गरी नयाँ सम्झौता गरेका हुन् । २३ वर्षका इंग्लिस फरवार्ड स्टर्लिङको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिने थियो ।

नयाँ सम्झौताले आफूलाई उत्साहित बनाएको स्टर्लिङले बताएका छन् । उनी सन् २०१५ मा लिभरपुलबाट ४९ मिलियन पाउण्डमा म्यानचेस्टर सिटी आएका हुन् । उनले गएको सिजन २३ गोल गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);