प्रिमियर लिगमा आज ६ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

प्रिमियर लिगमा आज ६ खेल हुँदै

PremierLeagueLogo

एजेन्सी, २४ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ खेलहरू हुँदैछन् । नेपाली समयअनुसार साँझ ६:१५ मा सुरु हुने आजको पहिलो खेलमा कार्डिफ सिटी र ब्राईटन भिड्दै छन्।

त्यस्तै राति ८:४५ मा ४ वटा खेल हुनेछन् । जसमा साउथह्याम्टन र वाटफोर्ड, लेस्टर सिटी र बर्नली, हडल्सफिल्ड टाउन र वेष्टह्याम, न्यूक्यासल युनाइटेड र बर्नमाउथ आमने सामने हुँदैछन्।

त्यस्तै आजको अन्तिम खेलमा राति ११ः१५ मा क्रिस्टल प्यालेस र टोट्नह्याम आमने सामने हुँदैछन ।

प्रिमियर लिगको एघार चरणका खेलहरू सकिँदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। त्यस्तै चेल्सी दोस्रो, लिभरपुल तेस्रो, टोटेनह्याम चौंथो स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);