बार्सिलोनाका नयाँ प्रशिक्षकले गरे मेस्सीको प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बार्सिलोनाका नयाँ प्रशिक्षकले गरे मेस्सीको प्रशंसा

एजेन्सी, ४ भदौ । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान लियोनल मेस्सीसंग कुरा गर्न आवश्यक रहेको बताएका छन् । यो सिजनमा बार्सिलोना उपाधि विहिन भएपछि मेस्सीले क्लब छाड्नसक्ने समाचारहरु सार्वजनिक भइरहेको सन्दर्भमा नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले यस सम्बन्धमा कुरा गर्नुपर्ने बताएका हुन ।

५७ बर्षका प्रशिक्षकले बार्सिलोनासंग दुई बर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले क्विक सेटिनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेपछि कोम्यान नयाँ प्रशिक्षक नियुक्त भएका हुन् । कोम्यानले मेस्सीसंग सम्झौता बाँकी रहेको र अझै टोलीको कप्तान रहेको कारण मेस्सीसंग निकै छलफल गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

मेस्सीको प्रंशसा गर्दै कोम्यानले उनी क्लबमै रहनेमा विश्वास व्यक्त गरेका छन् । कोम्यानले प्रशिक्षकको रुपमा मेस्सीसंग काम गर्ने चाहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);