बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले लियोनल मेस्सीले आफूबिचको सम्बन्धकेही भन्नै नपर्ने बताए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले लियोनल मेस्सीले आफूबिचको सम्बन्धकेही भन्नै नपर्ने बताए

काठमाडौ,११पुस । बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले स्टार स्ट्राइकर लियोनल मेस्सीले आफूबिचको सम्बन्ध केही भन्नै नपर्ने खालको रहेको कुराबताएका छन् । स्पेनिस पत्रिका मार्कासँगको अन्तर्वार्ताको क्रममा इनिएस्टाले मेस्सी र आफूले एकअर्कालाई निकै राम्रो र नजिकबाट बुझेको बताएका हुन् । केही नभने पनि आफूहरु एकअर्का कुरा बुझ्न र मनको कुरा थाहा पाउन सक्ने रहेको इनिएस्टाले बताएका हुन् । उनले भने ‘हामी केही नबोल्दै एकअर्कालाई बुझ्छौं । खेल जीवनको सबै समय हामीले एकै क्लबबाट खेलेका छौं । हामी एकआर्कालाई राम्रोसँग बुझ्छौं

मेस्सीको मुभ कस्तो हुन्छ भन्ने थाहा छ । त्यसले नहेरी मेस्सी कुन बेला मैदानको कुन भागमा छन् भन्ने थाहा पाउँछु ।’ इनिएस्टा र मेस्सीले बार्सिलोनाको एकेडेमीबाट ग्रयाजुएट भएर आएका हुन् । स्पेनिस इनिएस्टाले रुस विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिन सक्ने पनि बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);