रियल मड्रिडद्वारा जिदानसँग तीन वर्षको नयाँ सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २९ । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।

रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका जिदानले प्रशिक्षकको रुपमा क्लबको जिम्मेवारी सम्हालको १८ महिनापछि तीन वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । १८ महिनाको अवधिमा जिदानले रियल मड्रिडलाई दुईपटक च्याम्पियन्स लिग तथा एकपटक ला लिगाको उपाधि दिलाउन भूमिका निर्वाह गरेका थिए । प्रशिक्षक जिदानले रियलसँगको आफ्नो सम्बन्ध सम्झौता र हस्ताक्षर भन्दा गहिरो रहेको बताएका छन् ।

क्लबसँग जोडिन पाएकामा आफू खुशी रहेको भन्दै सम्बन्धको तुलनामा सम्झौता निकै गौण भएको जिदानले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);