इंग्लिस प्रिमियर लिगमा साबिक विजेता चेल्सीको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

साउन २९ , काठमाण्डौँ । साबिक विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा खराब सुरुवात गरेको छ । लिगअन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा ९ खेलाडीमा सीमित चेल्सी बर्नलीसँग ३–२ ले पराजित भएको छ ।

ग्यारी काहिल तथा सेस फाब्रिगास रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ९ खेलाडीमा सीमित भएको चेल्सीले पहिलो हाफमा नै तीन गोल खायो । बर्नलीका लागि साम वोक्सले दुई गोल गरे भने स्टिफन वार्डले एक गोल गरे । चेल्सीका लागि यहि सिजन रियल मड्रिडबाट आएका अल्भारो मोराटा र डेविड लुइजले दोस्रो हाफमा एक÷एक गोल फर्काए । चेल्सी पराजित हुँदा म्यानचेस्टर सिटीले भने विजयी सुरुवात गरेको छ । यो सिजन ए डिभिजनमा बढुवा भएको ब्राइटनलाई २–० ले पराजित गर्दै म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको हो । म्यानचेस्टर सिटीको जितमा सर्जियो अग्युरोले एक गोल गरे भने ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सिटीले ७० औं मिनेटमा अग्युरोको गोलबाट अग्रता लियो । खेलको ७५ औं मिनेटमा ब्राइटनका डंकले आत्मघाती गोल गरेपछि सिटी २–० ले विजयी भयो । अर्को खेलमा लिभरपुल वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको छ ।

हड्र्सफिल्डले क्रिष्टल प्यालेसमाथि ३–० तथा वेष्टब्रोमले बोर्नमाउथमाथि १–० को जित दर्ता गरेका छन् । साउथह्याम्पटन र स्वान्सी सिटीले भने गोलरहित बराबरी खेलेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);