जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा पुन: नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा पुन: नियुक्त

Zinedine-Zidane

एजेन्सी, २८ फागुन । फ्रान्सका पूर्व फुटबल खेलाडी जिनेदिन जिदानले रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनले गत मे महिनामा रियल मड्रिडको प्रशिक्षक पद त्यागेका थिए ।

त्यसपछि प्रशिक्षकको जिम्मेवारी सान्टियागो सोलारीले पाएका थिए । तर, उनको प्रशिक्षणमा रियल मड्रिडले राम्रो खेल प्रदर्शन गर्न सकेन । त्यसको पछिल्लो उदाहरण हालै रियल मड्रिड अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

गत मंगलबार आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४–१ गोलअन्तरले पराजित भयो र समग्रमा ५–३ गोल अन्तरले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो ।

रियल मड्रिड पछिल्लो २२ वर्षमा अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो । त्यसपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनोले सोलारीलाई प्रशिक्षकबाट हटाएर जिदानलाई फर्काएका हुन् ।

जिदानले रियल मड्रिडसँग सन् २०२२ सम्म सम्झौता गरेका छन् । ४६ वर्षीय जिदान रियल मड्रिडका पूर्व मिडफिल्डर हुन् । उनले रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधी दिलाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);