आजदेखि पाँचौं साफ महिला फुटबल सुरु, नेपाल र भुटान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

आजदेखि पाँचौं साफ महिला फुटबल सुरु, नेपाल र भुटान भिड्दै

mahila football pratiyogita

विराटनगर, २८ फागुन । आजदेखि विराटनगरमा पाँचौं साफ महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

नेपालमा पहिलो पटक हुन लागेको साफ महिला फुटबल प्रतियोगितामा सार्कका आठ देशमध्ये ६ देशको टीम सहभागी हुनेछन् । साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणको उद्घाटन खेलमा आज नेपाल भुटानसँग खेल्दैछ । विराटनगरको शहीद रंगशालामा हुने उद्घाटन साँढे दुई बजे हुनेछ ।

साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेको घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रदैछ । काठमाडौं बाहिर विराटनगरको सहिद रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन आयोजक राष्ट्र नेपाल सहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स र बंगलादेशको महिला फुटबल टोली विराटनगर पुगेका छन् । पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने बताएको छ । प्रतियोगिता फागुन २८ देखि चैत आठ गतेसम्म हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);