महिला फुटबलको अन्तिम तयारीका लागि नेपाली टोली झापामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महिला फुटबलको अन्तिम तयारीका लागि नेपाली टोली झापामा

mahila football team

पुजन घिमिरे
झापा, २१ माघ
। भारतमा आयोजना हुने चौंथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय टोली यतिबेला झापामा छ । अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरेर काठमाडौँमा मात्र सीमित गरिँदै आएको बन्द प्रशिक्षण झापामा भइरहँदा यसले नेपालमा आयोजना हुने साफ च्याम्पियनसिपको पूर्वतयारीका लागि समेत महत्वपूर्ण योगदान पुग्ने मानिएको छ ।

आगामी माघ २६ देखि भारतको उडिसामा हुने चौंथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली झापामा बन्द प्रशिक्षणका क्रममा छ । आगामी मंगलबार झापाबाटै भारत प्रस्थान गर्ने नेपाली टोली अहिले भद्रपुरस्थित मेची रंगशालामा अन्तिम प्रशिक्षणमा व्यस्त छ ।

उडिसाको मौसम र विराटनगरमा फागुन अन्तिम साता हुने साफ च्याम्यिनसिपको तयारीका लागि पनि झापा उपयुक्त भएकोले बन्द प्रशिक्षण झापामा राखिएको प्रशिक्षक हरि खड्काले बताए ।

भारतीय फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार २६ गते उद्घाटन खेलमा इरान र भारत भिड्दैछन् भने नेपालले पनि त्यसै दिन पहिलो खेल म्यानमारसँग खेल्दैछ । सुरुमा नेपाल, भारत श्रीलंका र म्यानमार सहभागी हुने भनिए पनि अन्तिम समयमा आएर प्रतियोगितामा श्रीलंका सहभागी नहुने भएपछि श्रीलंकाको ठाउँमा इरानलाई सहभागी गराइएको हो ।

नेपालले दोस्रो खेल २८ गते भारतसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा फागुन १ गते इरानसँग भिड्नेछ । साफ च्याम्पियनिसपको तयारीमा रहेको नेपाली महिला टोलीले दाबेदार रहेको भारतलाई पराजित गर्ने लक्ष्य लिएको फरवार्ड सावित्रा भण्डारीले बताए ।

राउण्डरोबिन लिग अनुसार प्रतियोगिताको शीर्ष २ टिमले फागुन पाँच गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालमा नै हुने साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टोलीलाई यो प्रतियोगिता निकै महत्वपूर्ण हुने मानिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);