साफ च्याम्पियनिसप फुटबलको तयारीका लागि कतार जाने नेपाली टोलीको विदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साफ च्याम्पियनिसप फुटबलको तयारीका लागि कतार जाने नेपाली टोलीको विदाई

काठमाडाैं । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनिसप फुटबलको तयारीका लागि कतार प्रस्थान गर्न लागेको नेपाली टोलीको विदाई गरीएको छ । कतार जाने फुटबल टोलीका सदस्यहरुलाई बिहीबार एक कार्यक्रमका बीच विदाई गरिएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालको बन्द प्रशिक्षणगर्न शुक्रबार कतार जादैछ । कतारमा थप प्रशिक्षणपछि नेपाली टोली उतैबाट माल्दिभ्स जाने छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्रालयका सचिव केदार न्यौपाने, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगाएतले विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा सहभागीले नेपाली टोलीलाई च्याम्पियन बन्ने गरि कतारमा तयारी गर्न आग्रह समेत गरेका थिए । नेपाली टोलीले कतारमा १६ दिन प्रशिक्षण गर्ने छ । त्यसका लागि टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार पुगि सकेका छन् ।

अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेमा हुने साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंका सहभागि हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);