साफ महिला फुटवल : उद्घाटन खेलमा नेपालद्वारा भुटान ३-०ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साफ महिला फुटवल : उद्घाटन खेलमा नेपालद्वारा भुटान ३-०ले पराजित

विराटनगर, २८ फागुन । साफ महिला च्याम्पियनसिप फुटवलको उदघाटन खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको छ । मंगलवार विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो ।

१६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् ।

यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा मार्च १६ तारिख बंगलादेशसँग खेल्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);