रियल मड्रिडद्वारा लेगनेस १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रियल मड्रिडद्वारा लेगनेस १–० ले पराजित

एजेन्सी, ५ माघ । स्टार खेलाडीलाई बेञ्चमा राखेर मैदानमा उत्रिएको रियल मड्रिडले कोपा डेल रे कपमा लेगनेसलाई १–० ले पराजित गरेको छ ।

क्रिस्टियानो रोनाल्डो, गारेथ बेल, मार्सेलो र करिम बेन्जिमाविना मैदान उत्रिएको रियल मड्रिडले गएराति भएको पहिलो लेगमा लेगनेसलाई १–० ले पराजित गरेको हो । मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को अग्रता लिएको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो ।

मड्रिड र लेगनेसबीचको दोस्रो लेग पाँच दिनपछि मड्रिडको घरेलु मैदान बर्नबेउमा हुने छ । क्रिस्टियानो रोनाल्डो लगायतका पहिलो रोजाईका खेलाडीलाई जिदानले विश्राम दिएका थिए । पहिलो रोजाइबाट ड्यानी कार्बाहल र राफेल भरानलाई मात्र सुरुआत गरेका उनले लुका मोड्रिक र इसकोलाई दोस्रो हाफमा खेलाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);