कोपा डेल रेमा बी डिभिजनको क्लब नुमान्सियासँग बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कोपा डेल रेमा बी डिभिजनको क्लब नुमान्सियासँग बराबरीमा रोकियो

एजेन्सी,२७ पुष । रियल मड्रिड कोपा डेल रेमा बी डिभिजनको क्लब नुमान्सियासँग बराबरीमा रोकियो, २–२ गोलको बराबरीका बाबजुद रियल क्वाटरफइनलमा प्रवेश ।

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत गएराति भएको खेलमा नुमान्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । नुमान्सिया बी डिभिजनको अंक तालिकामा चौंथो स्थानमा रहेको क्लब हो । १० औं मिनेटमा अग्रता लिएको रियलले घरेलु मैदानको फाइदा उठाउन सकेन ।

लुकास भाज्क्वेजले रियललाई अग्रता दिलाएकामा पहिलो हाफको अन्तिममा फर्नान्डेज हिईरोले नुमान्सियाका लागि बराबरी गोल फर्काए । भएको खेलमा सुरुमा अग्रता लिएर पनि रियल मड्रिड १० खेलाडीमा सीमित भएको नुमान्सियासँग २–२ को बराबरीमा रोकिएको हो । १० औं मिनेटमा लुकास भाज्क्वेजको गोलबाट रियलले सुरुवाती अग्रता लियो ।

५९ औं मिनेटमा भाज्क्वेजले रियलका लागि व्यक्तिगत दोस्रो गोल गरे । तर रियलले अन्तिमसम्म अग्रता जोगाउन सकेन । ८२ औं मिनेटमा हिईरोले नुमान्सियाका लागि फेरि बराबरी गोल फर्काए । रियल क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो तथा करिम बेन्जिमा बिना नै मैदानमा उत्रिएको थियो । बराबरीका बाबजुद रियल मड्रिड समग्रमा ५–२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा रियलले नुमान्सियालाई ३–० ले पराजित गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);