काठमाडौं, २६ पुस । नेत्रहीन विश्वकप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । घरेलु टोली पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित भएको हो ।
लाहोरमा नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाउँदा पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो ।
यसअघि हिजो नेपाल पाकिस्तानसँगै ९ विकेटले पराजित भएको थियो । लगातार दुई पटक पराजित नेपाली टोलीले आफ्नो तेस्रो खेल शुक्रबार श्रीलंकासँग शुक्रबार दुबईमा खेल्नेछ ।




