लिग कप फुटबलको पहिलो लेगमा म्यानचेस्टर सिटीको संघर्षपुर्ण जित | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

लिग कप फुटबलको पहिलो लेगमा म्यानचेस्टर सिटीको संघर्षपुर्ण जित

काठमाडौं, २६ पुष । लिग कप फुटबलको पहिलो लेगमा म्यानचेस्टर सिटीको संघर्षपुर्ण जित, ब्रोस्टोल सिटी २–१ ले पराजित, दोस्रो लेग जनवरी २३ मा हुने

 

घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटी माथि २–१ को संघर्षपूर्ण जित निकालेको हो । ४४ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बबी रेइडले गोल गरेपछि पहिलो हाफमा ब्रिस्टोलले अग्रता लियो ।

तर ५५ औँ मिनेटमा केविन डि ब्राउनले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए । निर्धाति समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा सर्जियो अग्युरोले सुन्दर गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

म्यानचेस्टर युनाइटेडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको ब्रिस्टोल सिटीले सेमिफाइनलको पहिलो लेगमा अर्को म्यानचेस्टर क्लबलाई पनि कडा चुनौती दियो । दोस्रो लेग जनवरी २३ मा ब्रिस्टोलको मैदानमा हुनेछ ।

ताजा समाचार