१६ बर्ष मुनिको प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता मंगलवारदेखि हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

१६ बर्ष मुनिको प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता मंगलवारदेखि हुने

u-16 cricket

काठमाडाैं, १८ चैत । १६ बर्ष मुनिको प्रदेश स्तरीय बिद्यालय क्रिकेट प्रतियोगिता मंगलवारदेखि हुने भएको छ । युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो ।

राजधानीको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता चैत २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात वटै प्रदेशको सहभागी रहने छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको जनाकारी गराइएको छ । समूह ए मा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन् ।

त्यस्तै समूह बी मा सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ रहेका छन् । दुवै समूहको शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । उक्त प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार बराबरको खेल सामग्री पाउनेछन् भने उपविजेताले ७५ हजार बराबरको क्रिकेट खेल सामग्री प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी थाइल्याण्डमा आयोजना हुने एसीसी यू–१६ इस्ट्रन रिजनका लागि छनोट हुनेछन् । मंगलवारको उद्घाटन खेलमा समूह ए मा रहेको प्रदेश ३ र गण्डकी प्रदेश भिड्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);