आईपीएल: किङ्गस इलाभेन पन्जाबद्वारा दिल्ली क्यापिटल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईपीएल: किङ्गस इलाभेन पन्जाबद्वारा दिल्ली क्यापिटल्स पराजित

kxip-dc

काठमाडौं, १९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई किङ्गस इलाभेन पन्जाबले १४ रनले हराएको छ ।

बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व १ सय ५२ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषब पन्तले ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो ।

सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । उसका लागि डेभिड मिलरले ४३ रन तथा सर्फराज खानले ३९ रन बनाए । गएरातीको जितसंगै पन्जाबले ४ खेलबाट ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);