आईपीएल टी–ट्वान्टीः किङ्स इलाभेन पन्जावसँग ८ विकेटले कोलकाता नाइट राइडर्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईपीएल टी–ट्वान्टीः किङ्स इलाभेन पन्जावसँग ८ विकेटले कोलकाता नाइट राइडर्स पराजित

एजेन्सी, ११ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ ।

सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । गेलले ५१ र मन्दिपले ६६ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २८ रन बनाए । कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७, कप्तान इयान मोर्गनले ४०, त्यस्तै लक्की फर्गुसनले २४ बनाउन बाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामी रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए । त्यस्तै ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले १२ खेलमा १२ अंकसँगै तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);