कोलकाता नाइट राइडर्सले जित्यो तेस्रो पटक इन्डियन प्रिमियर लिगको उपाधि, | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

कोलकाता नाइट राइडर्सले जित्यो तेस्रो पटक इन्डियन प्रिमियर लिगको उपाधि,

कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो । हैदरावादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो ।

ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भए । गुर्बाज ३२ बलमा ३९ रन जोड्दै आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले १९औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो । टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे ।

हैदरावादले सुरुवाती दुई ओभरमै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए ।

नितिश कुमार रेड्डीले १३ र एडन मारक्रमले २० रनको योगदान दिए । कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २–२ विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १÷१ विकेट हात पारे । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);