आइपिएल क्रिकेटमा बन्यो नयाँ रेकर्ड, जम्यो गाम्भिर र लायनको जोडी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आइपिएल क्रिकेटमा बन्यो नयाँ रेकर्ड, जम्यो गाम्भिर र लायनको जोडी

आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सद्वारा गुजरात लायन्स १० विकेटले पराजित, गाम्भिर र लायनलले बनाए सर्वाधिक रनको साझेदारी

आइपिएल क्रिकेटमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । इन्डियन प्रिमियर लिग लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात लायन्सलाई ३१ बल बाँकी छँदै १० विकेटले हराएको छ । 

कीर्तिमानी जित निकाल्न १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा विकेट नगुमाइ भेट्टाएको हो ।

कोलकातालाई जिताउन क्रिस लायनले ४१ बलमा नटआउट ९३ रन बनाए । उनले ८ छक्का र ६ चौका हाने । यस्तै कप्तान गौतम गाम्भिरले ४८ बलमा नटआउट ७६ रन बनाए । उनले १२ चौका प्रहार गरे ।

गाम्भिर र लायनले आइपिल क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रन साझेदारीको रेकर्ड पनि बनाएका छन् । यसअघि यो रेकर्ड क्रिस गेल र दिलसानको नाममा थियो ।

उनीहरुले १ सय ६७ रनको साझेदारी गरेका थिए । यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ८३ रन बनाएको थियो ।

गुजरातका लागि सुरेश रैनाले ५१ बलमा ६८ रन बनाए । दिनेश कात्तिकले २५ बलमा ४७ रन साथै ब्रेन्डन म्याकुलमले २४ बलमा ३५ रन बनाए । कोलकाताका कुलदीप यादवले दुई, ट्रेन बोल्ट र पियुस चावलाले एक एक विकेट लिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);