नवनिर्वाचित पदाधिकारी, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यलाई प्रमाणपत्र वितरणसंगै सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवनिर्वाचित पदाधिकारी, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यलाई प्रमाणपत्र वितरणसंगै सपथ

बाँके, २९ चैत । नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको छ । निर्वाचन समितिका संयोजक बरिष्ठ पत्रकार पूर्णलाल चुके र निर्वाचन समिति सदस्य अधिबक्ता केशव कोइरालाले आज एक समारोहका बीच नवनिर्वाचित सबैलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाउनुभएको हो ।

बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्ष संगीन शर्मा, महिला उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, सहसचिव कृष्ण ओली, समावेशी सहसचिव हेमन्त चौधरी, कोषाध्यक्ष विनोद पौडेल, महिला सदस्य सावित्री गिरी, खुल्ला सदस्यहरु सौरभ गिरी, सुनिल रेग्मी, जावेद अहमद शाह, दिनेश ठाकुर, निर्मल आचार्य, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही र शंकर लामिछाने दलित सदस्य पवित्रा परियार, मधेशी सदस्य भिष्म लोध, अल्पसंख्यक सदस्य मोहम्मद जावेद हलवाई, जनजाति सदस्य राधेश्याम चौधरीलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको हो ।

त्यस अवसरमा राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको थियो । सपथ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष प्रेम केसी, झलक गैरे, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस संगठन नेपालका राजेश आचार्य, भारतीय पत्रकार मणिराम शर्मा लगायतले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पत्रकार महासंघको गरिमा बढ्ने गरी उत्कृष्ट कार्य गर्न शुभकामना दिनुभएको थियो ।

पत्रकारहरुको हकहित, व्यवसायिक सुरक्षासंगै दक्षता अभिबृद्धिका लागि ठोस कार्ययोजनाका साथ काम गर्न सुझाउँदै उहाँहरुले गैरपत्रकारहरुलाई महासंघबाट विदाई गर्ने गरी सृदृढीकरण अभियान थाल्न सुझाब दिनुभएको थियो । नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीले सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै महासंघको गरिमा उँचो बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रत्येकलाई पत्रकारमहासंघ भन्दा गर्वको महसुस हुने बनाउने समेत बताउनु भको छ । साथै बाके जिल्लाका पत्रकारका हकहितका लागी र उनिहरुको सेवासुविधाको लागी प्रत्यक्ष अनुभुती हुनेगरी आफुले कामको थालनी गर्ने कुरा समेत बताउनू भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);