कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने, लगत्तै केन्द्रीय समिति बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने, लगत्तै केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।

२४–२८ मंसिरसम्म काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरू सबै आइसकेका छन् । आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसको नयाँ नेतृत्व महाधिवेशनबाट आउनै पर्ने बाध्यता थियो ।

जसअनुसार १२ पुससम्म महाधिवेशनबाट आएको नयाँ केन्द्रीय समितिको सूची बुझाउन निर्वाचन आयोगले कांग्रेसलाई पत्र पठाएको थियो । त्यसैले १० पुसमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रमाणपत्र बुझ्ने र पहिलो केन्द्रीय समिति बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार केन्द्रीय समिति बैठक बस्नेबारे सभापति शेरबहादुर देउवा आन्तरिक गृहकार्यमा लागेका छन् । उनले त्यसअघि नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);