माछा मार्ने क्रममा खोलामा डुबेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माछा मार्ने क्रममा खोलामा डुबेर एकको मृत्यु

death

उदयपुर । उदयपुरस्थित बलान खोलामा गत शुक्रबार माछा मार्ने क्रममा खोलामा डुबेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला उदयपुर, उदयपुरगढि गाउपलिक ७ निवासी बर्ष ४६ को हेम बहादुर बुर्जा मगर रहेका छन् ।

गत बैशाख १० गते उदयपुर घ्याम्पेस्थित बलान खोलामा साथीहरु संग माछा मार्ने क्रममा बेपत्ता भए पछि जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोली र सुनसरी पकली सशस्त्र प्रहरीको गोताखोर टोलीले संयुक्त रुपमा खोजतलासी गर्दा बुर्जा मगरको शव पानीमै गाडिएको अवस्थामा आज फेला परेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि उदयपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);