बढि मूल्यमा युरिया मल बिक्री गर्ने ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बढि मूल्यमा युरिया मल बिक्री गर्ने ३ जना पक्राउ

Urea-mal

दाङ, १० भदौ । दाङमा प्रहरीले बजार मूल्य भन्दा तेब्बर बढी मूल्यमा यूरिया मेल बेच्ने ३ व्यापारी पक्राउ गरेको छ । गढवा गाउँपालिका ५ का सुनिल पोखरेल, वडा नं. ६ का राज कुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

उनीहरुले आफ्नो पसलबाट बजारमा प्रतिबोरा ७ सय २१ रुपैंयामा पर्ने यूरिया मल प्रतिबोरा २ हजार ४ सयका दरले बिक्रि गर्दै आएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयवाट खटिएको संयुक्त अनुगमन टोलीले साउन २२ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

सर्वसाधारण उपभोक्तालाई ठगी गरेकाले उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार कारवाही सुरु भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);