करिब डेढ लाख सहित ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

करिब डेढ लाख सहित ७ जना पक्राउ

दाङ, ९ मंसिर। दाङमा प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा करिब डेढ लाख रुपैयाँ सहित ७ जनालाई पक्राउ गरेको छ ।

सोमवार विहान १ बजेतिर जिल्लाको राप्ती गाउँपालिका ३ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी तास बरामद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ३ का चुमान सिंह सुनार, सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्ण बहादुर राना, यम बहादुर राना, रुपेश आले र एडिस मिया रहेक जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);