दाङमा होटल मालिकसहित ६ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

दाङमा होटल मालिकसहित ६ जुवाडे पक्राउ

दाङ । दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ व्यक्तिलाई करिब डेढ लाख रकम सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधिर न्यौपाने सोही ठाउँका ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शनिबार साँझ करिब ६ बजेतिर घोराही १५ स्थित गौरिदिप होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट १ लाख ३९ हजार नगद, जुवा खेल्न प्रयोग भएको १ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार