'शिक्षकका लागि अनलाइन कार्यशाला गोष्टीको आयोजना' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘शिक्षकका लागि अनलाइन कार्यशाला गोष्टीको आयोजना’

काठमाडौं, १० भदौ । ललितपुर महानगरपालिका र नेपाल शिक्षक महासंघ ललितपुरले कोरोना संकटका बेला विद्यार्थीको पठन पाठन कसरी अगाडि बढाउने भन्ने विषयमा शिक्षकहरुको लागि भर्चुअल माध्यमबाट १ हप्ते कार्याशाला गोष्टीको आयोजना गरेका छन । ललितपुर महानगरपालिकाको शिक्षा शाखा र नेपाल शिक्षक महासंघ ललितपुर महानगर समितिको आयोजनामा भएको कार्यशालामा आधारभूत र माध्यमिक तहका शिक्षक-शिक्षिकालाई आधारभूत कम्प्यूटर र इन्फरमेशन कम्यूनिकेशन टेक्नोलोजी आइसीटीका विषयमा जानकारी गराइनेछ ।

कार्यशाला भदौ १५ गतेसम्म संचालन हुनेछ । कार्यशालाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मेयर महर्जनले हालको अप्ठ्यारो परिस्थितिमा पनि शिक्षक-शिक्षिकाहरुले सिक्ने सिकाउने प्रक्रियामा देखाएको रुचि सहनीय भएको भन्दै विद्यालयमा पठनपाठनलाई व्यवस्थापन गर्न र शिक्षणलाई अगाडि बढाउन ललितपुर महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने बताउनु भयो ।

कार्यशालामा शिक्षण प्रक्रियामा आधुनिक प्रविधिहरूको प्रयोगको बारेमा जानकारी र अभ्यास गराइने शिक्षक महासंघ ललितपुर महानगर समितिका अध्यक्ष राजेन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । यसबाट अहिले कोरोनाका कारणले बिथोलिएको शिक्षण क्रियाकलापलाई भर्चुअल माध्यमबाट सुचारु गर्नलाई सहयोग पुग्ने बताएको छ ।

उक्त कार्यक्रममा सहभागीले ७ दिनसम्म दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो पेशागत विकास र पठनपाठनलाई सहजीकरण गर्नको निम्ति आवश्यक हुने सीपहरु र ज्ञानहरु प्राप्त गर्ने जनाइएको छ । कोरोना महामारीका कारण विद्यालय खुल्न नसकेको अवस्थामा विद्यार्थीहरुलाई पठन पाठनमा अनलाइन मार्फत सहभागी गराउने उदेश्यले शिक्षकहरुका लागि कार्यशाला आयोजना गरिएको तिमल्सिनाको भनाई छ ।

शिक्षक शिक्षिकाले आधारभूत कम्प्यूटर र आइसीटिका विषयमा जानकारी हासिल गरेपछि विद्यार्थीका लागि अनलाइन कक्षा संचालन गर्न सहज हुने तिमल्सिनाले बताउनुभयो । कार्यशालामा ललितपुर महानगर भित्रका ४० वटा सामुदायिक विद्यालयका ३ सय ४० जना भन्दा बढी शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा संचालन गर्नु पर्ने र त्यसका लागि शिक्षकहरु पनि प्रविधिमा जानकार हुनुपर्ने तिमल्सिनाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);