ललितपुरका मेयर र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठवीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरका मेयर र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठवीच भेटवार्ता

न्यूयोर्क,१२ चैत्र । पुरातात्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरुको संख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ बीच छलफल भएको छ । न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यवारे छलफल गरेका हुन् ।

भेटवार्तामा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तिब्र बनाईएको बताउनु भएको थियो । दुई पक्षीय भेटमा प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राख्नु भएको थियो ।

महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेर विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रकृया थालिएको जानकारी दिनुभयो । उहाँले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजनाहरु अघि बढाएको बताउनु भयो ।

पुरातात्वीक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुर्ननिर्माण र संरक्षणमा शुन्य सहनशिलता अपनाईएको भन्दै अन्तराष्ट्यि क्षेत्रमा व्यापक प्रचार प्रसारको खाचो रहेको बताउनु भयो । नवनियुक्त श्रेष्ठले यसका लागि आफुले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।

नवनियुक्त श्रेष्ठलाई बधाई दिंदै मेयर महर्जनले पर्यटन मन्त्रालय र पर्यटन बोर्ड मार्फत सहकार्य गर्न आफूहरु सधै तयार रहेको पनि बताउनु भयो । मेयर महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागि हुन अमेरिका आउनु भएको हो । संसारभरका मेयरहरुको प्रतिनिधित्व रहेको कार्यक्रममा मेयर महर्जनले नेपालको प्रतिनिधित्व गर्नु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);