काठमाडौँ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताउनुभएको छ । पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अव ललितपुर महानगरपािलकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उहाँको भनाई थियो ।
बिहीवार ललितपुरमा आयोजित अंगदात सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि आवद्ध हुन आएको खोकना, हरिसिद्धी, बुङमती र धापाखेलका वडाहरुमा मात्रै पूर्वाधार विकासको काम बाँकि रहेकाले महानगरपालिकाले अव सो क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको बताउन भयो । मेयर महर्जनले ललितपुर महानगर भित्रको चलपथमा ४ महिनाभित्र स्मार्ट लाईट जडानको काम सम्पन्न हुने समेत बताउनु भयो ।




