ललितपुर महानगर पनि अब माग्ने मुक्त शहर हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

ललितपुर महानगर पनि अब माग्ने मुक्त शहर हुँदै

ललितपुर, २३ माघ । ललितपुर महानगरले सहरलाई बाटोमा माग्ने मुक्त शहर बनाउने भएको छ । बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडकमानव मुक्त बनाउने गरि आवश्यक पूर्वाधार बनाउन थालिएको बताए ।

महानगरले सहयोगापेक्षी सडकमानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरि सरोकारवाला निकायसँग बहुपक्षीय छलफल भैरहेको बताए । मेयर महर्जनले अहिले काठमाडौँ उपत्यकालाई नै कसरी सहयोगापेक्षी सडकमानव मुक्त बनाउने भन्नेबारे छलफल चलिरहेको बताए ।

मेयर महर्जनले काठमाडौँ उपत्यका भित्रका १६ नगरपालिका र २ महानगरको संयुक्त बैठकमा सहयोगापेक्षी सडकमानवको उचित व्यवस्थापन गर्दै मुक्त शहर बनाउने प्रस्ताव आफुले लैजाने बताए । ललितपुर महानगरले आगामी आर्थिक वर्षबाट मानविय र सामाजिक कार्यमा उल्लेख्य बजेट व्यवस्था गरेर कार्यक्रम बनाउने बताए ।

ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडकमानवहरुलाई संकलन गरि आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडकमानवको उद्धार गरि आश्रय दिइरहेको छ । यस संस्थाले सडकमा भेटिएका सहयोगापेक्षीहरुको पुनर्मिलन पनि गराउँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);