शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान सुरु

काठमाडौं, २८ मंसिर । ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान सुरु गरेको छ । सडक छोउमा राखिने पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समाग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान सुरु गरेको हो ।

आइतबार एक कार्यक्रम आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने स्पष्ट पार्नुभयो ।

यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लागयतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ । 

सडक छेउमा रहेका विजुलीका पोलहरुमा जथाभावि तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने पनि मेयर महर्जनले बताउनुभयो । उहाँले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरबासिको सहयोग अनिवार्य रहेको पनि बनाउनुभयो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);