काठमाडौं महानगरपालिकाद्वारा खुलामञ्चमा निर्माण गरिएका अस्थायी संरचना हटाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरपालिकाद्वारा खुलामञ्चमा निर्माण गरिएका अस्थायी संरचना हटाउन सुरु

काठमाडौ ५ फागुन । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निर्माण गरिएका अस्थायी संरचना हटाउन सुरु गरेको छ ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै महानगरले संरचाना हटाउन सुरु गरेको हो ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि महानगरले नै सहमति दिएको र निमार्णकार्य सम्पन्न भइसकेको खुलामञ्चलाई खुला गर्न आजदेखि काम सुरु गरिएको महानगरका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिनुभयो ।

साथै उहाँले विस्तारै अस्थायी रुपमा रहेको बसपार्क पनि खुला गर्ने जानकारी दिनुभयो । खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएकोसमेत प्रमुख शाक्यले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);