सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण हुने

shakti-basnet

काठमाडौं, २३ माघ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण गर्ने गरि सरकारले काम गरिरहेको बताए । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिंदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

न्यूनतम एक एकवटा प्राणी उद्यान बनाउने गरी योजनाबद्ध रुपमा सातै प्रदेशमा प्राणी उद्यान बनाएर मानव र प्राणीबीचको द्वन्द्वलाई न्युन गरेर उत्पादन र राजश्वर बढाउने ढंगबाट सरकारले काम गरिरहेको उनले स्पष्ट पारे । उनले भक्तपुरको सुर्यविनायकमा बनाउन लागिएको सुर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए ।

उनले साविकको जिल्ला वन कार्यायलय कास्कीको सहजीकरणमा स्थानीय सरोकारवालाहरु र सामुदायिक वन उपभोक्ता समितीको साझेदारीमा गत बर्ष देखि नै पोखरा जिओलोजिकल पार्क नामक संस्था गठन गरि सो संस्थाद्वारा रतुवा, मृग निलगाई, वन बिरालो, बाँदर लगायतका वन्यवजन्तुको पालना भईरहेको जानकारी दिए ।

जिओलोजिकल पार्कमा अहिलेसम्म खरायो चरा निलगाई र चितुवाको लागि एक एकवटा केज सहित एउटा पाले घर निर्माण भएको पनि उनले जानकारी दिए । उनका अनुसार, पार्क निर्माण देखि अहिले सम्म १ करोड १३ लाख २१ हजार रुपैयाँ खर्च भईसकेको छ ।

सांसद खगराज अधिकारीले पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैयामा प्राणी उद्यान बनाउने सरकारको योजना तथा देशभर संचालन भएका प्राणी उद्यान र त्यससम्बन्धी नयाँ आयोजनाबारे जानकारी मागेका थिए ।

सांसद महेश बस्नेतले भक्तपुरको सुर्यविनायकमा बनाउन लागिएको सुर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गर्ने भनिएको प्राणी उद्यान केन्द्र तिब्र गतिमा निर्माणको लागि आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);