ललितपुर महानगरले स्थानीय शिक्षा ऐन बनाउन सुरु गर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ललितपुर महानगरले स्थानीय शिक्षा ऐन बनाउन सुरु गर्‍याे

काठमाडौं, २५ फागुन । ललितपुर महानगरपालिकाले स्थानीय शिक्षा ऐन बनाउन सुरु गरेको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले केन्द्रिय शिक्षा ऐनको जगमा उभिएर स्थानीय शिक्षा ऐन बनाउन सुरु गरिएको जानकारी दिए ।

उनले सो ऐनलाई छिट्टै मूर्तरुप दिने घोषणा गरे । शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपालको १२ औं राष्ट्रिय साधारण सभामा बोल्दै मेयर महर्जनले स्थानीय तहको शिक्षालाई सफल बनाउन साथ दिन पनि निजी क्षेत्रका शिक्षकहरुलाई आह्वान गरे ।

उनले स्थानीय तहको शिक्षालाई सफल बनाउन आफू होमवर्क गरिरहेको भन्दै त्यो ठिक भए÷नभएको ‘करेक्सन’ गरिदिन निजी विद्यालयका शिक्षकहरुसँग आग्रह गरे ।

१० उत्कृष्ट निजी विद्यालयहरुमध्ये ६ वटा ललितपुर जिल्लामै पर्दछ । मेयर महर्जनले ललितपुर महानगरपालिकाको शिक्षालाई अझै उन्नत बनाउन आफूले सक्दो पहल गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);