ललितपुर महानगरद्वारा पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ललितपुर महानगरद्वारा पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता

cctv jadan at lalitpur-chirbabu maharjan

ललितपुर, २१ माघ । ललितपुर महानगरपालिकाले नगर भित्रको पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता दिने योजना अघि सारेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले कार्यभार सम्हालेको १८ महिनापछि नगरभित्रको पानीको मुहान र पोखरीको संरक्षण अभियानलाई तीव्रता दिने योजना सार्वजनिक गरेका हुन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नगर भित्रको पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता दिने बताए । मेयर महर्जनले गाःबहालस्थित पूर्णचन्डी पोखरीको निर्माण कार्य एक वर्ष भित्र पूरा गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरे । त्यसका लागि महानगरपालिकाले १ करोड ५८ लाख बजेटको व्यवस्था गरिसकेको उनले जानकारी दिए ।

मेयर महर्जनले ललितपुर महानगरपालिका भित्रका सबै पानीको मुहान र पोखरीको संरक्षणका लागि अध्ययनको काम सुरु गरिएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);