इपीजीको प्रतिवेदन मोदीले छिट्टै बुझ्ने राजन भट्टराईको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इपीजीको प्रतिवेदन मोदीले छिट्टै बुझ्ने राजन भट्टराईको दाबी

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको बताए । ईपीजीले जुलाईमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले बुझ्न ढिलाई भएको स्विकार गर्दै उनले अव छिट्टै बुझ्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो प्रतिवेदन बुझ्ने मिति भने तय हुन नसकेको पनि जानकारी दिए । ईपीजीका सदस्य समेत रहेका भट्टराईले सो प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दावी गरे ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भईरहेको बताए । उनले व्यापार र लगानीको विषयलाई जोड दिएर नेपालले परराष्ट्र सम्बन्धलाई अगाडि बनाउने बताए ।

भारत–चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने भट्टराईको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);