नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएको नेपालकाे खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएको नेपालकाे खुलासा

कैलाली, २६ माघ । नेकपा एमालेका नेता माधव नेपालले माओवादीसँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

एमालेले ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले ‘माओवाद’ भनिरहेकाले दुबै विचारलाई मिलाएर पार्टी एकता हुन लागेको नेता नेपालको भनाइ छ ।

कैलालीको टिकापुरमा भएको कार्यक्रममा बोल्दै उनले पार्टी एकता सुनिश्चित भएको बताउँदै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भइसकेको खुलासा समेत गरेका छन् ।

वाम एकता जनताले नै रुचाएको भन्दै नेता नेपालले कुनै शक्तिले एमाले र माओवादीलाई मिल्नबाट रोक्न नसक्ने ठोकुवा समेत गरेका छन् । उनले एकता प्रक्रिया लामो हुने भएकाले सरकार गठनसँगै एकता प्रक्रियालाई अघि बढाइने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);