काठमाडौंका गुम्बा-विहार पुनर्निर्माणको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौंका गुम्बा-विहार पुनर्निर्माणको माग

काठमाडौं, ३० साउन । भूकम्पले क्षति पुर्‍याएको गुम्बा, विहार पुनर्निर्माणको काम सूचारु गर्न सरकारलाई दवाव दिँदै बुधबार काठमाडौंमा बृहत र्‍याली निकालिएको छ । नेपाल गुम्बा विहार महासंघले भूकम्पले क्षति पुर्‍याएको गुम्बा, विहार पुनर्निर्माणको काम सूचारु गर्न सरकारलाई दवाव दिँदै बुधबार दिउँसो काठमाडौंमा वृहत र्‍याली निकालिएको हो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली सहिदगेट, वीर अस्पताल, जमल हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै महासंघका नेताहरुले तत्काल भूकम्पले क्षति पुर्‍याएर गुम्बा, विहारहरुको पुनर्निर्माणको कामलाई सूचारु नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन ।

महासंघका नेता फुरी शेर्पा लामाले सरकारले भूकम्पले क्षति पुर्‍याएको गुम्बा, विहारहरुको पुनर्निर्माणको काम तत्काल अघि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए । उनले सरकारले बुद्धिष्टहरुलाई अपमान हुने गरी उनीहरुको धार्मिक स्थलहरुको पुनर्निर्माणका लागि बजेट समेत विनियोजन नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

र्‍यालीमा बौद्ध धर्माम्वलम्बीहरुले लामा शिक्षालाई राष्ट्रिय शिक्षामा समावेश गर्नुपर्ने माग लेखिएको प्लेटकार्ड समेत प्रर्दशन गरेका थिए । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले १ हजार ३ सय २० वटा गुम्बा तथा विहारहरुमा क्षति पुर्‍याएपनि त्यसको पुनर्निर्माणमा सरकारले चाँसो नदिएको नेपाल गुम्बा विहार महासंघको गुनासो छ।

अन्तर्राष्ट्रिय समुदायले समेत गुम्बा विहार पुनर्निर्माणका लागि ९ अरव ६० लाख बजेट उपलब्ध गराउँदा पनि यसलाई अघि नबढाउनुको कारण स्पष्ट पार्न महासंघले सरकारसँग माग गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);