पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

gyanendra

काठमाडौं, १ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ । पूर्वराजा शाहको सचिवालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “पूर्व श्री महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ। “

विज्ञप्तिमा थप भनिएको छ, ”मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरी बक्सने कार्यक्रम र विजया दशमीका दिन टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ । “

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);