निर्मलाका लागि न्याय भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्मलाका लागि न्याय भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

nirmala andolan

काठमाडौं, १५ मंसिर । निर्मलाका लागि न्याय भन्दै युवाहरुले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । निर्मलाको लागि न्यायका पोष्टर सहित शनिबार माईतीघर मण्डलामा भेला भएका युवाहरुले घटनाका दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

उनीहरुले ‘निर्मलाहरुलाई न्याय दे’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘प्रहरी पनि बिकेछन्, नेता बाट सिकेछन्’ भन्ने नारा लगाएका थिए ।

प्रहरीले एशिया प्रशान्त शिखर सम्मेलन मा विदेशी पाहुना आएको भन्दै यो समयमा विरोधका कार्यक्रम गर्दा नराम्रो संदेश जाने भन्दै प्रदर्शन नगर्न अनुरोध गरेको थियो । यद्यपि युवाहरुले भने प्रदर्शन जारी राख्दै नयाँ वानेश्वरसम्म नाराबाजी सहितको र्याली गरेका थिए ।

विभिन्न छानविन समिति गठन भएपनि घटनाको चार महिना वितिसक्दा पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषिलाई सरकारले अझै पत्ता लगाउन सकेको छैन ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);