चुनावबाट नभाग्न सरकारलाई अध्यक्ष अ‍ोलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, १ कात्र्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावबाट नभाग्न चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले एमाले विजयी हुने निश्चित भएपछि सरकार चुनावबाट भाग्न खोजिरहेको आरोप समेत लगाए । पार्टीको प्रवासी संगठन प्रवासी नेपाली मंचका पदाधिकारीहरुसँग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेलाई आसन्न निर्वाचनमा विजयी हुनबाटै कसैले पनि रोक्न नसक्ने दावी समेत गरे । अध्यक्ष ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभामा एमाले विजयी हुने भएपछि काँग्रेस आतंकित भएको तर्क पनि गरे । उनले एमालेले जनताको अभिमतबाट अब सरकार बनाउने दावी पनि गरे ।

अध्यक्ष ओलीले आसन्न निर्वाचनमा सक्दो सहयोग गरेर एमालेलाई विजयी बनाउन पार्टी प्रवासी मंचमा आवद्ध नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);